डडेल्धुरा: डडेल्धुरामा जिल्लास्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। नेविसंघ डडेल्धुरा बहुमुखी क्याम्पस ईकाइ समितिको आयोजनामा कबड्डी प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता यही फागुन १७ र १८ गते डडेल्धुरा बहुमुखी क्याम्पस प्राङ्गणमा हुने नेविसंघ ईकाइ सभापति गौरव ऐरले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार र द्वितीय हुने टोलीले ७ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछ।
टिम दर्ता शुल्क एक हजार पाँच सय तोकिएको छ। इच्छुक खेलाडीहरूले टिम दर्ता गराउन सभापति ऐरले आग्रह गरे।