Radio Unity 92.2MHz

डडेल्धुराको आइन्स्टाइन स्कुलका विद्यार्थी र शिक्षकहरूको आँखा चेकजाँच

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलका विद्यार्थी र शिक्षकहरूको निःशुल्क आँखा चेकजाँच गरिएको छ।

शुक्रबार आइन्स्टाइन पब्लिक स्कुलको आयोजना तथा डडेल्धुरा आँखा अस्पतालको सहयोगमा विद्यार्थी र शिक्षकको आँखा जाचिएको हो।

  विद्यालयले विद्यार्थी र शिक्षक गरी लगभग चार सय जनाको आँखा चेकजाँच गरिएको प्रिन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए। उनका अनुसार आँखा चेकजाँचसँग परामर्श पनि दिइएको छ। विद्यार्थीहरूलाई नियमित आँखा सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...