Radio Unity 92.2MHz

डडेल्धुरामा पनि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

  • टीकाराम साउँद

डडेल्धुराः डडेल्धुरामा पनि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ। दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबारदेखि खोप अभियान सुरु हो ।

अमरगढी नगरपालिका–४ को खोप केन्द्रमा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले ब्यानर बाचन गरेर खोप अभियान शुभारम्भ गरे। जिल्लाका आलिताल गाउँपालिका र भागेश्वार गाउँपालिकामा आइतबारदेखि १५ गतेसम्म मात्रै खोप अभियान सञ्चालन हुनेछ। यी दुई पालिकाबाहेक अरु पाँच पालिकामा १३ देखि १६ गतेसम्म खोप लगाइनेछ।

डडेल्धुरामा ११ हजार आठ सय २३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। सबैभन्दा बढी परशुराम नगरपालिकमा ३ हजार २९८ जना बालबालिका छन्।

अमरगढी नगरपालिकामा १ हजार ७४३, नवदुर्गा गाउँपालिकामा १ हजार ६५८, अजयमेरु गाउँपालिकामा १ हजार १७६, भागेश्वारमा १ हजार १३४, आलितालमा १ हजार ६८१ र गन्यापधुरा गाउँपालिकामा १ हजार १३३ जना बालबालिकालाई खोप दिइने स्वास्थ कार्यलय डडेल्धुराका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार जिल्लामा नौ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन लागेको हो। जिल्लामा १८१ खोप केन्द्र तोकिएको छ। सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाइएको कार्यालयले जनाएको छ।

नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरेको हो।  दादुरा–रुबेला सवभन्दा बढी संक्रामक रोग हो यस रोगका एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ।

सम्बन्धित पाेष्टहरु
Loading...