Radio Unity 92.2MHz

डडेल्धुराको आइन्स्टाइन स्कुलका विद्यार्थीहरूको दाँत चेकजाँच

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलका विद्यार्थीहरूको निःशुल्क दाँत चेकजाँच तथा परामर्श सेवा शिविर सम्पन्न गरेको छ।

मंगलबार आइन्स्टाइन पब्लिक स्कुलको आयोजना तथा डडेल्धुरा डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा विद्यार्थीहरूको दन्त चेकजाँच गरिएको हो। विद्यालयका लगभग चार सय जना विद्यार्थीको दन्त चेकजाँच गरिएको प्रिन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए।

उनका अनुसार दन्त चेकजाँचसँगै परामर्श पनि दिइएको छ। विद्यार्थीहरूलाई नियमित दन्त सरसफाइमा ध्यान दिन पनि सुझाव दिइएको छ। अघिल्लो शुक्रबार सम्पूर्ण विद्यार्थी र शिक्षाकको निःशुल्क अँखा जाच समेत गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...