डडेल्धुरा: नेकपा (एमाले) डडेल्धुराले यही फागुन ३० गते परशुराम नगरपालिका–१२ स्थित परशुराम रङ्ग मैदानमा हुने नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ।
मंगलबार बसेको जिल्ला कमिटीको सचिवालय बैंठक पछि अधिवेशनको लोगो सार्वजनिक गरिएको हो। एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहराले जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेका हुन्।
लोगोमा जिल्लाका सातवटै स्थानीय तहको नक्सा, परशुरामधाम र महाकाली नदीलाई समेटिएको छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जिल्ला संयोजक गजेन्द्र शाहीले जानकारी दिए।
उनका अनुसार अधिवेशनको तयारी तीव्र पारिएको छ। जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने उनको दाबी छ। अधिवेशनलाई भव्यताका सम्पन्न गर्न विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको जिल्ला संयोजक शाहीले बताए।