Radio Unity 92.2MHz

सिटिजन लाइफ इन्स्योरेन्स डडेल्धुराद्वारा मृत्यु दाबी भुक्तानी

डडेल्धुराः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाले मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–८ का स्वर्गीय अमरबहादुर विष्टको परिवारलाई मृत्युदावी भुक्तानी उपलब्ध गराइएको हो।

विष्टका छोरा विवेक बिष्ट र छोरी अनुसा बिष्टलाई बीमाङ्क दावी भुक्तानी उपलब्ध गराइएको हो। केही महिना पहिले अमरको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। त्यसअघि छोरा विवेक र छोरी अनुसाको एक एक लाख बीमाङ्क रकमको बीमा गराएका थिए।

छोरा छोरी दुवैको एक किस्ता मात्रै तिरेका थिए। सवारी दुर्घटनामा उनको मृत्यु भएपछि छोरा र छोरी दुबैको भुक्तानी रकम १ लाख २५ हजारका दरले २ लाख ५० हजार रुपैयाँ उनको परिवारलाई उक्त रकम हस्तान्त्रण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी डडेल्धुरा शाखाका प्रबन्धक रामबहादुर बिष्टले जानकारी दिए।

सुख र दुःखको सहयात्री जीवन बीमा भएकाले सबैले अनिवार्य बीमा गर्नुपर्ने उनले बताए। दावी भुक्तानी कार्यक्रममा डडेल्धुरा शाखाक प्रबन्धक बिष्टसहित, एजेन्सी म्यानेजर जानकी बिष्टलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...