Radio Unity 92.2MHz

सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं :  पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा सोमबार केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेग एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित पाेष्टहरु
Loading...