डडेल्धुराः सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव जारी रहेको छ।
हिजो (आइतबार) चौथो दिन गायिका अनिता चलाउन ,लाल बहादुर धामी (अछामी बड्डा) ,ध्वज महरा ,गायिका तथा उद्घोषिका उमा देबी खनाल ,उद्घोषक कोष खड्का,मोडेल डान्सर रुबिना अधिकारी तथा स्थानीय कलाकारहरुले बिजोड प्रस्तुति दिएर दर्शकलाई रमाईलो दिलाएका थिए।
आज पाचौँ दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। जसमा गायक कुलेन्द्र विश्वकर्मा , गायिका राधिका हमाल ,गायक शेर कैनी ,गायिका तथा उद्घोषिका उमा देबी खनाल, मोडेल डान्सर रुबिना अधिकारी र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।
महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा चल्ने छ।