Radio Unity 92.2MHz

भागेश्वोरमा ऐलानी जग्गा नापजाँच सुरु

डडेल्धुरा: डडेल्धुराको भागेश्वोर गाउँपालिकाले जग्गा नापजाँच कार्य सुरु गरेको छ।

भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो।

बिहिबार देखि भागेश्वोर गाउँपालिकाको वडा न. ५ बाट भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोवासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरिएको गाउँपालिकाका नापी प्राबिधिक (अमिन) सन्दीप महराले बताए।

गाउँपालिका भित्र ३९ घर परिवार भुमिहिन दलित सुकुम्बासी रहेका छन् भने ५ सय २२ घर परिवार अव्यवस्थित बसोबासी रहेको गाउँपालिकाले जनाएको छ।

अब क्रमशः सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने गाउँपालिकका अध्यक्ष हेमराज चटौतले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...