डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव २०८०’ जारी छ।
फागुन २४ गतेदेखी सुरु भएको महोत्सवको नवौं दिन आज शुक्रबार चर्चित लोक दोहोरी गायक पुस्कल शर्माको प्रस्तुति रहने आयोजक उद्योग बाणिज्य संघ डडेल्धुराले जनाएको छ।
साथै, हास्य कलाकार हेम राज अधिकारी (खन्टे खलास) भिम विष्ट (अछामी रेखा) उद्घोषिका उमा देबी खनाल, मोडेल डान्सर सीमा खड्का तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ। डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।
फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—४ टुँडिखेलमा चल्ने छ।
महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।