Radio Unity 92.2MHz

एमाले अध्यक्ष ओलीद्वारा आलितालको अवलोकन [फोटो फिचर]

डडेल्धुराः नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको आलितालको अवलोकन गरेका छन्।

आज (सोमबार) परशुराम नगरपालिकाको जोगबुढामा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन उद्घाट गर्न जाने क्रममा पत्नी राधिका शाक्यसँगै ओली आलिताल परिसर पुगेका हुन्।

आलितालको अवलोकन गर्दै उनले तालमा रहेको समैजी देवताको पूजासमेत गरेका थिए। अवलोकनका क्रममा उनले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेसँग तालको बारेमा सोधपुछ गरेका थिए।

ओलीले प्रजिअ न्यौपानेलाई यहाँ पिकनिक स्पोट र रेष्टुरेन्ट बनाउन मिल्दैन भनेर सोधेका थिए। जवाफमा न्यौपानेले भने, ‘जंगल एरिया भएकोले व्यक्तिगत रेष्टुरेन्ट बनाउन गाह्रो हुन्छ कि हजुर।’

आलिताल अवलोकन गर्न आएका ओलीलाई गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहरालगायत जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।

     

सम्बन्धित पाेष्टहरु
Loading...