काठमाडौं :पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ। कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।