Radio Unity 92.2MHz

अछाममा ट्याक्टर दुर्घटना, एकै गाउँका पाँच जनाको मृत्यु

अछामः अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउपालिका–७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो। दुर्घटनामा तीन जना घाइते भएका छन्।

साेमबार बिहान पौने १० बजेतिर मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुर्घटनामा मृत्यु हुने पाँचैजना मेल्लेख गाउँपालिका–१ रिसिदहका हुन्।

अछामका प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३६ वर्षीय नरबहादुर धामी, २१ वर्षीय जनक धामी र १५ वर्षीय जनक धामी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीयबालक देवेन्द्र धामी घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...