Radio Unity 92.2MHz

डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजना घाइते

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बुधबार बेलुका ५ बजेरित भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।

डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिप्रका डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन्।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरू डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ६ जना सवार जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरी निरीक्षक ऐरले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...