Radio Unity 92.2MHz

डडेल्धुराका चार ठाउँमा निःशुल्क परिवार नियोजन शिविर सम्पन्न

डडेल्धुराः डडेल्धुराका चार ठाउँमा निःशुल्क परिवार नियोजन शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो परिवार नेपालको सहकार्य र पालिकाहरूको समन्वयमा सञ्चालन भएको शिविर सम्पन्न भएको हो।

विशेषज्ञ डाक्टरद्वारा परिवार नियोजनसम्बन्धी महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सम्पन्न भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमाबाट सेवा लिएका छन्। नवदुर्गा स्वास्थय चौकी डाँडावनमा २ जान महिलाले मात्रै सेवा लिएका छन्। नेपाल रेडक्रस भवन, तुफानडाँडामा भएको शिविरमा ३ महिला र २ पुरुषले सेवा लिएका छन्।

यसैगरी जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल स्वास्थ्य चौकी गोदाममा १० महिला र ३ जना तथा परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा १० महिला र ७ पुरुगा गरी कूल २५ महिला र १२ जना पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख भवानसिंह कुँवरले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...