Radio Unity 92.2MHz

 एसईई सुरु, ५ लाख बढी परिक्षार्थी सहभागी

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई ) आजदेखिसुरु भएको छ । देशभर दुई हजार ६४ वटा परिक्षा केन्द्र तोकिएका छ ।

परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक वटा परीक्षा केन्द्र रहेका छन् ।

काठमाडौंमा ३८ हजार आठ सय ३१ तथा मनाङमा ४३ विद्यार्थी एसइईमा सहभागी छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी हुन् ।

२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले यसपटक परीक्षाको नतिजा प्रणाली परिवर्तन गरेको छ  ।

बोर्डका अनुसार हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याएको विद्यार्थी मात्रै उत्तीर्ण हुनेछन् ।प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम बनाईएको छ ।

भने प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ ।

सम्बन्धित पाेष्टहरु
Loading...