Radio Unity 92.2MHz

जन्मदिनमा नेविसंघ डडेल्धुराका अध्यक्षद्वारा शैक्षिक सामग्री सहयोग

डडेल्धुरा: नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले शैक्षिक सामग्री सहयोग गरेका छन्।

आज (आइतबार) ऐरले जन्मदिनको उपलक्ष्यमा निलकण्ठ आधारभूत विद्यालय अमरगढी नगरपालिका-३ लरडा, कोटेउडालाई शैक्षिक सामग्री सहयोग गरेका हुन्।

उनले कापीकलम, सेल्पेन लगाएतका सामग्री विद्यालयका प्रधानाध्यापक दिपक भण्डारीलाई हस्तान्तरण गरे।

जन्मदिनको उपलक्ष्यमा अनाथ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको ऐरले जानकारी दिए।

विद्यालयलाई शैक्षिक सामग्री दिएकोमा प्रअ भण्डारीले धन्यवाद व्यक्त गरे।

सम्बन्धित पाेष्टहरु
Loading...