Radio Unity 92.2MHz

सशस्त्र प्रहरी डडेल्धुराका डीएसपी पालले पाए ‘उत्कृष्ट कमाण्डर’ को पुरस्कार

डडेल्धुरा: सशस्त्र प्रहरी नेपाल गुल्म नं ५२ डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पालले उत्कृष्ट कमाण्डरको पुरस्कार पाएका छन्।

सशस्त्र प्रहरी नेपाल नं ७ अत्तरियाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सशस्त्र प्रहरी नेपाल नं ५२ गुल्म डडेल्धुराले उत्कृष्ट युनिट र सप्रनाउ पालले उत्कृष्ट कमाण्डरको पुरस्कार पाएका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले डीएसपी पाललाई नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए। सुदूरपश्चिम प्रदेशभरका ६ युनिट र ६ युनिट प्रमुखमध्ये पाल उत्कृष्ट पुरस्कार पाउन सफल भए।

सशस्त्र प्रहरी वृतामा आफ्नो छुट्टै पहिचान बनाएका पाल यसअघि सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ७ अत्तरियामा कार्यरत हुँदा प्रशासनिक कार्यतर्फ उत्कृष्ट प्रशासकीय विद्यामा समेत पुरस्कार पाएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...