Radio Unity 92.2MHz

डडेल्धुरामा थ्रेसर मेसिनमा बेरिएर एक महिला घाइते

डडेल्धुरा: डडेल्धुरामा गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको आलिताल गाउँपालिका–५ भावरका गम्भीर मडैकी श्रीमती ३० वर्षीय संगीता मडै रहेकी छन्।

आज (शुक्रबार) साँझ पाँच बजेतिर आफ्नै घरमा गहुँ थ्रेसिङ गर्ने क्रममा कपाल थ्रेसर मेसिनको पट्टामा पस्दा टाउकोमा गम्भीर चोट लागेको आलिताल प्रहरी चौकी गोदामका इन्चार्ज धनसिंह धामीले जानकारी दिए। घाइते महिलालाई अहिले उपचारका लागि धनगढी पठाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...