डडेल्धुरा : डडेल्धुरमा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या भएको छ ।
गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी घटेपछि कतिपय क्षेत्रमा त खानेपानीको हाहाकार नै भएको छ ।
खलंगा खानेपानी उपभोक्ता समितिकाका अध्यक्ष जोगराज ऐरका अनुसार चैतको दोस्रो सातादेखि जिल्ला सदरमुकाममा खानेपानीको समस्या भएको छ ।
सदरमुकाममा रहेका १४ धारामा पानी पुगाउन ०३४ सालमा खानेपानी योजना सुरु भएको थियो,´ उनले भने, `त्यसपछि एक सय घरधुरीको लागि ०५५ सालमा समिती स्थापना भएर योजना अगाडि बढ्यो। अहिले जनघनत्व बढेर अहिले एक हजार ६ सय बढी घरधुरी पुगेकाले पानी पुर्याउन समस्या भएको छ।
खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ।
जिल्ला सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न ३० कारोडभन्दा बढी लगानीमा खलंगा खानेपानी उपभोक्ता समितिमार्फत साना शहरी खानेपानी योजना सम्पन्न भएको थियो । तर गर्मी मौसममा भने सधै खानेपानीको अभाव हुने गरेको छ।