डडेल्धुराः डडेल्धुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्शुराम नगरपालिका-११ पातल बस्ने ४२ वर्षीय नरबहादुर खडायत रहेका छन्।
उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ जरिवाना सुनाएको थियो ।
उनी उक्त फैसला लगतै फरार थिए । प्रहरीले फरार खडायतलाई आईतवार पक्राउ गरेकोे जनाएको छ ।