Radio Unity 92.2MHz

चोरी मुद्दामा फरार डडेल्धुराका एक युवक पक्राउ

डडेल्धुराः चोरी मुद्दामा फरार रहेका डडेल्धुराका एक युवक पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–७ पोखराका २८ वर्षीय तेज कैनी शुक्रबार पक्राउ परेका हुन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ३३ हजार जरिवाना ठहर भई फरार रहेका कैनीलाई प्रहरी चौकी पोखरा डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालतमा पेश गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...