Radio Unity 92.2MHz

डडेल्धुराको तडिबाटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

डडेल्धुराः डडेल्धुराको तडिबाटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

उदयदेव बहुउद्देश्य सहकारी संस्था लिमिटेड डडेल्धुराले बिहीबार उक्त सहकारीले अमरगढी नगरपालिका–१ तडिबाटामा सेयर सदस्यहरूसँग एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।

सेयर सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष निरन्जनप्रसाद भट्टले यस सहकारी संस्थाले महेन्द्रनगर मात्र नभई अन्य विभिन्न जिल्लाहरूमा शाखा विस्तार गरेको र डडेलधुरामा पनि शाखा रहेको हुँदा सम्पूर्ण सेयर सदस्यहरूले यस संस्थामा निर्वाद रूपमा कारोबार गर्न अनुरोध गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा संस्थाका लेखा संयोजक चित्राकं थापाले अन्य सहकारी क्षेत्रमा समस्या देखिएपनि स्थानीयस्तरमा रहेका सहकारीहरूमा कुनै पनि समस्या नहुने भएकाले सबै सेयर सदस्यहरूले वार्षिक साधारणसभा तथा सहकारीका यस्ता अभिमुखीकरण कार्यक्रमहरूमा अनिवार्य उपस्थित भई वित्तीय साक्षरता बढाउन आजको आवश्यकता रहेको बताए।

कार्यक्रममा समन्वय उपसमिति संयोजक धर्मदेव पाण्डेय, प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्द, नन्दराम नाथ तथा सेयर सदस्यहरूको उपस्थिति थियो। महेन्द्रनगर कञ्चनपुरमा प्रधान कार्यालय रहेको उदयदेव सहकारीले सुदूरपश्चिमका विभिन्न पालिकाहरूमा आफ्नो सेवा विस्तार गरिरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...