Radio Unity 92.2MHz

डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँका दीपकराज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर चुुनाराको मृत्यु भएको बताइन्छ। चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...