Radio Unity 92.2MHz

डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट महिला गम्भीर घाइते

डडेल्धुरा: श्रीमानको बन्चरो प्रहारबाट डडेल्धुरामा एक महिला गम्भीर घाइते भएकी छन्।

जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन्।

मंगलबार (हिजो) श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले आफ्नै श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडाध्यक्ष प्रमोदबहादुर मल्लले जानकारी दिए।

घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ। अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरेको छ।

उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...