डडेल्धुरा: नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति डडेल्धुराले भित्तेपात्रो विमोचन गरेको छ।
शुक्रबार पार्टी कार्यालय तुफानडाँडामा कांग्रेस डडेल्धुराका उपसभापतिसमेत रहेका अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी प्रमुख अतिथ्यतामा एक कार्यक्रम गरी नेविसंघ डडेल्धुराले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको हो।
तिथि, मिति, चाडपर्व, दिवसलगायत विषय तथा जिल्लामा रहेको कांग्रेस र भातृ संगठनको बारेमा जानकार राख्न भित्तेपात्रो प्रकाशन र वितरण गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । सोही अवसरमा ०८१ सालको शुभकामना आदानप्रदान पनि गरिएको अध्यक्ष ऐरले बताए।
विमोचन कार्यक्रममा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, उपाध्यक्ष निमला बोगटी, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीलगायत कांग्रेस डडेल्धुराका नेताहरू र नेविसंघका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो।