Radio Unity 92.2MHz

डडेल्धुरामा टिप्पर दुर्घटना, दुईजनाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। गएराति जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिप्पर दुर्घटनामा २ जनाको मृत्यु भएको हो।

टिप्पर दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डडेल्धुराका प्रहरी प्रवक्ता कुसुम नायकले जानकारी दिए। उनका अनुसार दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक नायकले बताए। उनीहरू अवस्था मध्यम रहेको छ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको टिप्पर शनिबार राति साढे १० बजे दुर्घटना भएको हो। टिप्पर सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन।

सम्बन्धित पाेष्टहरु
Loading...