डडेल्धुरा: डडेल्धुरामा चितुवा मृत फेला परेको छ । बिहीबार बिहान ११ बजेतिर नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा पाँच वर्षको चितुवा मृत फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चितुवाको कम्मरमा घाउ रहेको छ । स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली घटना स्थल पुगेको थियो। मृत चितुवालाई प्रहरीले डिभिजन वन कार्यालय, डडेल्धुराको जिम्मा लगाएको छ ।