- पुष्करबहादुर देउवा
लेकमा कोदो फलाउनेलाई बेसीको धानमा खुसी मिल्दो रहेछ ।
बेसीको धान फलाउनेलाई लेकको तरकारीमा खुसी मिल्दो रहेछ ।
लेकको खुसी बेसीमा बेसीको खुसी लेकमा मिल्दो रहेछ।
खुसी खोज्न लेकदेखि बेसी बेसी देखि लेक धाउँछन आखिरी खुसी एक अर्कामा मिल्दो रहेछ।
गाउँमा बस्नेलाई शहरमा खुसी मिल्दो रहेछ।
शहरमा बस्नेलाई राजधानीमा खुसी मिल्दो रहेछ।
राजधानीमा बस्नेलाई सम्पन्न देशमा खुसी मिल्दो रहेछ।
सम्पन्न देशमा बस्नेलाई अन्तरिक्षमा खुसी मिल्दो रहेछ।
पैदल हिँड्ने बटुवालाई साइकलमा खुसी मिल्दो रहेछ।
साइकल चढ्ने यात्रीलाई मोटरसाइकलमा खुसी मिल्दो।
मोटरसाइकल चढ्नेलाई कारमा खुसी मिल्दो रहेछ।
कार चढ्नेलाई हेलिकप्टरमा खुसी मिल्दो रहेछ।
मैले सबै देखे कोही खुसी छैन खै खुसी कहाँ मिल्दो रहेछ ?
खुसी त आफैसँग हुँदो रहेछ आफ्नो आत्मा सन्तुष्टिमा रहेछ।
खुसी खोज्न मनलाई संसार घुमाउँछन् खै कहाँ मिल्दो रहेछ ?
आखिरमा कसैको चित्त नदुखाउनमा आत्मा सन्तुष्टिमा सुखी मिल्दो रहेछ।