Radio Unity 92.2MHz

डडेल्धुरामा भिरबाट लडेर एकजनाको मृत्यु

डडेल्धुरा: भिरबाट लडेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका–३ सुदुमका ४६ वर्षीय हर्कबहादुर मडै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

शुक्रबार बेलुकी साढे ५ बजेतिर खानेपानी बनाउन गएका मडैको आलिताल–३ कै चौरा भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनी तीन सय मिटर तल खसेका थिए। मडैलाई शनिबार बिहान स्थानीयहरूले भिरबाट लडेको अवस्थामा मृत फेला पारेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...