Radio Unity 92.2MHz

डडेल्धुरामा लागुऔषधसहित युवक पक्राउ

डडेल्धुराः डडेल्धुरामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लको अमरगढी नगरपालिका–४ खलंगाबाट सोही ठाउँ बस्ने २४ वर्षीय मिनबहादुर बिष्ट रहेका छन्। बिष्टलाई १ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित बुधवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...