Radio Unity 92.2MHz

डडेल्धुरामा एक किलो बढी चरेससहित एकजना पक्राउ

डडेल्धुरा: डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मंगलबार बेलुकी ५ः५० बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई बोहराको घरको माथिल्लो कोठाबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो।

पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...