Radio Unity 92.2MHz

महेन्द्र माविका उत्कृष्ट चार शिक्षक तथा कर्मचारी सम्मानित

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगास्थित रहेको महेन्द्र माध्यमिक विद्यालयका चार जना शिक्षक तथा कर्मचारी सम्मानित भएका छन्।

शनिबार ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उत्कृष्ट काम गरेवाफत चार शिक्षक तथा कर्मचारीलाई सम्मानित गरिएको हो।

सम्मानित हुनेमा लेखापाल धर्मराज पन्त, शिक्षक सुरेन्द्रबहादुर भण्डारी, रमेशबहादुर ऐर र किरण अवस्थी रहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले जानकारी दिए। सम्मानित हुने शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको छ।

कार्यक्रमकी प्रमुख अथिति सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीले उनीहरूलाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरे।

यो पनि पढ्नुहोस् :  महेन्द्र मावि खलंगाले भव्य रूपमा मनायो ६८औँ वार्षिकोत्सव

सम्बन्धित पाेष्टहरु
Loading...