Radio Unity 92.2MHz

आफ्नो एफएम डडेल्धुराद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

डडेल्धुराः अमरगढी नगरपालिका–५ स्थित सामुदायिक रेडियो आफनो एफएम १०४.८ मेघाहर्जले शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ।

मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित जिल्लाको पहिलो सामुदायिक रेडियो आफनो एफएमले बिहीबार एक कार्यक्रमका बीच आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा यहाँका दुई विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो।

अमरगढी नगरपालिका–६ स्थित गणेशमान स्मृति प्राथमिक विद्यालय दुमडा र सम्भुनाथ आधारभूत विद्यालय छचोडाका एक सय ५६ जना विद्यार्थीलाई प्रति विद्यार्थी एकएक दर्जन कापी, पेन्सिल र कलम वितरण गरेको आफ्नो एफएम नेपालका संयोजक विजयकुमार मानन्धरले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकारले विद्यार्थीलाई शैक्षिक सामग्री दिएर आफ्नो एफएमले सराहनीय काम गरेको बताए।

२०६५ साल जेठ ३२ गते डडेल्धुरामा कुनै पनि रेडियोको स्थापना नभएको समयमा यहाँको सबैभन्दा पहिले रेडियोको रूपमा आफ्नो एफएमको स्थापना भएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...