Radio Unity 92.2MHz

डडेल्धुराको आलितालमा दुई मोटरसाइकल जुधे, तीनजना घाइते

डडेल्धुरा: डडेल्धुरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।

जिल्लाको आलिताल गाउँपालिका–४ को कार्यालय नजिक आलिताल–४ बेल्भाडीका १९ वर्षीय कमल बोहराले चलाएको सुपप्र ०१–००१० प ३९९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको आलिताल–८ तेकुनडाँडाका ३७ वर्षीय गणेशप्रसाद भट्टले चलाएको सुपप्र ०१–०११ प ७८०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

कमल कृष्ण कालिका माध्यमिक विद्यालय घरेलुबाट तलतिर आउँदै गरेको थिए भने भट्ट गोदामबाट घरेलुतर्फ जाँदै थिए।  मंगलबार मध्यान्ह १२ बजेरित भएको दुर्घटनामा मोटरसाइकल चालक कमल बोहरा, सोही मोटरसाइकलमा सवार आलिताल–४ की १४ वर्षीया खगेश्वरी बोहरा र ११ वर्षीया यशोदा बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

उनका अनुसार घाइतेहरूको टाउको, पेट र हातमा चोट लागेको छ। तीनै जनाको अवस्था सामान्य रहेको र धनगढीमा उपचार भइरहेको प्रहरी निरीक्षक भाटले बताए। अर्का मोटरसाइकल चालक भट्ट र दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रण लिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...