डडेल्धुरा: डडेल्धुराको महेन्द्र मावि खलंगामा अमरगढी नगरस्तरीय छात्रा निबन्ध लेखन र छात्र बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। महेन्द्र माविको आयोजना र अमरगढी नगरपालिकाको सहयोगमा शुक्रवार निबन्ध र बुद्धिचाल प्रतियोगिता भएको हो।
बुद्धिचाल प्रतियोगिता तर्फ महेन्द्र माविका राजेश पन्तले प्रथम, क्याम्ब्रिज पब्लिक स्कुलका युवराज पन्तले द्वितीय, ज्ञानोदय विद्या निकेतनका प्रमोद ओझाले तृतीय र वैजनाथ माविका निरज जोशीले सान्त्वना स्थान हासिल गरेका छन्।
निबन्ध लेखन तर्फ वैजनाथ माविकी छात्रा दीक्षा पैतोला प्रथम, महेन्द्र माविकी माया भट्ट द्वितीय, भगवती इग्लिस बोर्डिङकी खुशी अवस्थी तृतीय र क्याम्ब्रिज पब्लिक स्कुलकी आरती शाहु सान्त्वना भएको महेन्द्र माविका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिए। उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।
महेन्द्र माविमा आयोजना गरिएको प्रतियोगितामा निबन्ध लेखनतर्फ १३ र बुद्धिचालमा १० वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा माध्यमित तह (६–१०) का छात्र–छात्रा सहभागी थिए।