डडेल्धुराः डडेल्धुरामा युवासँग रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार जिल्ला सदरमुकाममा प्रदेश युवा परिषद् धनगढी कैलालीको आयोजनामा युवासँग रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
प्रदेश युवा परिषद्ले युवा लक्षित नीति, नियम, योजना निमार्ण गर्ने र तीनै तहका सरकारलाई युवा सम्बन्धी सरसल्लाह दिने तथा सहकार्य गदै आइरहेको डडेल्धुरा जिल्ला युवा सशक्तिकरण समितिका अध्यक्ष करण साउँदले बताए।
आफ्नो छोटो समयमा नै राष्ट्रिय युवा परिषद्, युवाहरुको आशा र भरोसाको केन्द्र बन्दै छ। विभिन्न कठिनाईका बाबजुद पनि विभिन्न युवाहरूको प्रतिनिधित्व हुने गरी युवा परिषद् स्थापना गरेको थियो।
कार्यक्रममा युवालाई सबल, प्रतिस्पर्धी र आत्मानिर्भर बनाउँदै राज्यका हरेक क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गरी राष्ट्रलाई आधुनिक, न्यायपूर्ण र समृद्धि गराउने यसको प्रमुख लक्ष्य रहेको प्रदेश उपाध्यक्ष युवराज कुँवर प्रष्ट पारे।
आफ्नो औचित्य पुष्टि गर्नका निम्ति परिषद्ले युवा केन्द्रित नीति तथा त्यसको कार्यान्वयनका निम्ति निरन्तर सृजनशील संघर्ष गदै आइरहेको उनले बताए।
कार्यक्रममा व्यावसायी, युवा विद्यार्थी, पत्रकारलगायत वैद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। डडेल्धुरा, बैतडी, डोटीलगायत पहाडी जिल्लाका विभिन्न क्षेत्रबाट ८३ जनाको सहभागीतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।