Radio Unity 92.2MHz

आलिताल गाउँपालिकाले किन्यो थप दुईवटा एम्बुलेन्स

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले थप दुई वटा नयाँ एम्बुलेन्स खरिद गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ थान ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरेको हो। ४० लाख १६ हजार १ सय ४९ रुपैयाँको लागतमा दुई एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ।

बिरामी तथा गर्भवतीलाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।

उनका अनुसार पालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स खरिद गरिएको हो।

पालिकामा हाल दुईवटा एम्बुलेन्स सञ्चालनमा छन्। दुईवटा थप भएसँगै पालिकामा अब ४ एम्बुलेन्सले सेवा दिनेछन्।

सम्बन्धित पाेष्टहरु
Loading...