डडेल्धुरा: डडेल्धुरामा एउटा चितुवा मृत भेटिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा मंगलबार बिहान चितुवा मरेको भेटिएको हो।
मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई खाडलमा पुरिएको कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए।
उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए। उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।