डडेल्धुरा: सुर्नया गाउँपालिका बैतडीका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गरेका छन्।
अमरगढी नगरपालिका–५ विद्युतरोड घर भएका प्रमुख प्रशासकीय अधिकृत रोकाले डडेल्धुरा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका हुन्।
आज (बुधवार) डडेल्धुरा अस्पतालमै पुगेर ५५ जना बिरामीलाई विभिन्न प्रकारका फलफूल वितरण गरेको उनले जानकारी दिए। पछिल्लो समय जन्मदिन मनाउने नाममा गरिने फजुल खर्चलाई रोकेर आफूले बिरामीलाई फलफूल दिएको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताए।