Radio Unity 92.2MHz

डडेल्धुराको कुर्मुल्लेमा बाढी आउँदा २३ जनाको धानबालीमा क्षति

डडेल्धुरा: डडेल्धुरामा बाढी आउँदा २३ जनाको धानबालीमा क्षति पुगेको छ।

आइतबार जिल्लाको परशुराम नगरपालिका–१० तल्लो कुर्मुल्लेमा २३ जनाको धानबालीमा बागथली खोलाको बहाब बढेर उनीहरुको धानबालीमा क्षति पुगेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

२३ जनाको १४२ रोपनी जमिनमा लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएपछि किसान बिचल्लीमा परेका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

सम्बन्धित पाेष्टहरु
Loading...