Radio Unity 92.2MHz

डडेल्धुरामा युएमएनको ८ दिने कार्यशाला गोष्ठी सम्पन्न

डडेल्धुरा: डडेल्धुरामा अपाङ्गता समावेशीकरण, द्वन्द्व सम्वेदनशीलता र लैंगिक समानतासम्बन्धी ८ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। यूनाइटेड मिसन टु नेपाल डोटी क्लष्टरको आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

साउन १८ देखि २५ गतेसम्म सञ्चालन भएको गोष्ठीमा युएमएन डोटीका साझेदार संस्थाहरू समान पहुँच विकास केन्द्र र ग्रामीण समुदाय विकास केन्द्रबाट सञ्चालन गरिएका परियोजनाका कर्मचारीहरू गरी ४१ जनाको सहभागीता रहेको थियो।

गोष्ठीमा अन्तरनिहित सवालहरू सम्बन्धमा अभिमुखीकरण, छलफल गर्नुका साथै साझेदार संस्थाहरु मार्फत सञ्चालन गरिएका परियोजनाहरुको प्रगति विवरणको समीक्षा गरिनुका साथै कार्ययोजना तर्जुमा समेत गरिएको थियो। वर्ष भरी गरिएका विभिन्न गतिविधिहरुको समिक्षा हुनु सकारात्मक रहेको बताएको छ।

यो समीक्षाबाट आफ्नोलगायत अन्य परियोजनाको सिकाइ आदानप्रदान हुने भएकोले यो एकअर्कोलाई चिन्ने मौकाको साथसाथै सिक्ने, सिकाउने पाठशाला रहेको बताइन्छ। युएमएनका टिम लिडरले सबै कर्मचारीले गरेको कामको प्रशंसा गर्दै अगामी दिनमा पनि दत्तचित्त भएर अफ्नो जिम्मेवारी र काम निर्वाह गर्न सबैलाई अनुरोध गरेका थिए।

युएमएन हाल डोटी जिल्लाका बडीकेदार गाउँपालिका र बोगटान फुट्सिल गाउँपालिका समुदाय विकासका विभिन्न परियोजनाहरू साझेदार संस्थामार्फत सञ्चालन गरिरहेको छ। यसले विशेष गरेर शिक्षा, स्वास्थ,कृषि, पशुपालन, जलवायुलगायत जीविकोपार्जनसम्बन्धी काम गर्ने युएमएनका डोटी संयोजक रमेश थाङले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...