डडेल्धुरा: डडेल्धुरा घर भई हाल जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लले नेपाली महिला भलिबल टिमकी सदस्य कविता भट्टलाई सम्मान गर्ने घोषणा गरेका छन्।
गन्यापधुरा गाउँपालिका–१ भात्काँडा घर भएकी भट्टलाई मल्लले नगद ५० हजारसहित सम्मान गर्ने घोषणा गरेका हुन्। डडेल्धुराको नाम राष्ट्रिय तथा अन्त्रर्राष्ट्रियस्तरमा चिनाउन अहम् भूसमका खेलेको भन्दै उनले सम्मान गर्ने बताए।
भट्टले हालै सम्पन्न भएको ‘काभा वुमेन्स नेसन्स लिग भलिबल’ मा नेपालको तर्फबाट खेलेकी थिइन्। अमरगढी नगरपालिका–४ खलंगाका मल्ल हाल जापानमा व्यवसाय गरिरहेका छन्। उनले यहाँका गरिब, अनाथलगायतका बालबालिका तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेका छन्।