Radio Unity 92.2MHz

मल्लले गरे दरपुर आवि कोरगाउँलाई दुई रोपनी जग्गा दान

डडेल्धुरा: जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कोरगाउँस्थित दरपुर आधारभूत विद्यालयलाई दुई रोपनी जग्गा दान गरिएको छ। स्थानीय रुद्रवीर मल्लका छोरा जनकबहादुर मल्लले वि.सं २०११ सलामा स्थापन भएको विद्यालयलाई दुई रोपनी जग्गा दान गरेका हुन्।

सोमबार एक कार्यक्रमका बीच मल्लले विद्यालयलाई जग्गा दान गरेको शिक्षक सुरत बोहराले बताए। विद्यालय सञ्चालनका लागि थप जग्गा आवश्यक भएकाले मल्लले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।

विद्यालयलाई दान गरेका जग्गा चलन चल्तीको मूल्यअनुसार ७ लाख बढीको रहेको जनाइएको छ। दानमा पाएको उक्त जग्गा विद्यालयलाई आवश्यक पर्ने खेलकुद मैदानदेखि आवश्यक पर्ने पूर्वधार निर्माण गरिने प्रधानाध्यापक गजेन्द्रबहादुर मल्लले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...