Radio Unity 92.2MHz

अभद्र व्यवहार र जुवा मुद्दाका फरार डडेल्धुराका ६ जना पक्राउ

डडेल्धुराः अभद्र व्यवहार र जुवा मुद्दामा फरार डडेल्धुराका ६ जना पक्राउ परेका छन्।

अभद्र व्यवहार मुद्दामा ३ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–५ बस्ने ४२ वर्षीय तीर्थ भण्डारी, जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–२ बस्ने ४१ वर्षीय तेजबहादुर ऐर, जुवा मुद्दामै ५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–१ बस्ने ३९ वर्षीय पूर्ण दमाई पक्राउ परेका छन्।

यस्तै जुवा मुद्दामा ५ हजार जरिवाना तोकिएको परशुराम नगरपालिका–१२ बस्ने ३५ वर्षीय नरेन्द्रबहादुर थापा, जुवा मुद्दामा ३ हजार जरिवाना तोकिएको परशुराम नगरपालिका–४ बस्ने ४४ वर्षीय टेकबहादुर बोहरा, जुवा मुद्दामै ५ हजार जरिवाना तोकिएको दाङको तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय रोमहर्ष भण्डारी पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका ६ जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...