Radio Unity 92.2MHz

पैसा नहुँदा अस्पतालको शय्यामा छट्पटाउँदै डडेल्धुराकी बन्दना, सहयोगको अपिल

डडेल्धुरा: आर्थिक अभावका कारण डडेल्धुराकी एक किशोरीको उपचारमा समस्या भएको छ। अमरगढी नगरपालिका–५ खलंगाकी १७ वर्षीया बन्दना लिम्बूको उपचारमा समस्या भएको हो।

उनी साउन ३१ गते अमरगढी नगरपालिका–५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अहिले निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

उनका बुवा युवराज लिम्बूका अनुसार बन्दनाको उपचारका लागि दैनिक ५० हजार खर्च भइरहेको छ। दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ। बन्दना महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन्।

उनको उपचारका लागि सबैलाई सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत् रकम पठाउन सक्नेछन्।

KumariBank Ltd.

Ac no. 0280317582300001

Dhanmaya Limbu

Mobile no. 9848728582

QR Code-

सम्बन्धित पाेष्टहरु
Loading...