डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले ‘विद्यालय नर्स’ पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
आज (बिहीबार) एक सूचना जारी गर्दै गाउँपालिकाले करार सेवामा पाँच जना विद्यालय नर्स पदपूर्ति गर्न लागेको जनाएको हो। गाउँपालिकाले प्रकाशित गरेको सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन (भदौ २० गते) भित्र दरखास्त दिनुपर्ने उल्लेख छ।
मान्यता प्राप्त संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ दर्ता र नविकरण तथा आधारभूत कम्प्युटर सीपसम्बन्धी ज्ञान भएका व्यक्ति आवेदन दिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले जानकारी दिए। उनका अनुसार लिखित परीक्षा र अन्तर्वार्ताबाट विद्यालय नर्स छनोट गरिनेछ।
विद्यार्थीलाई विद्यालय तहबाट नै स्वास्थ्यसम्बन्धी ज्ञान दिन, स्वास्थ्य जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन र स्वस्थ्य जीवन र यौन प्रजनन स्वास्थ्यमा देखिने समस्याबारे परामर्श दिन विद्यालय नर्स नियुक्त गर्न लागिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले बताए।
उनका अनुसार विद्यालयमा खटिने नर्सले विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वस्थ्य सफा तथा सिकाई निर्मित वातावरण तयार गर्ने, किशोरीलाई महिनावारी तथा यौन स्वास्थ्यसम्बन्धी परामर्श दिने, सीपमा आधारित स्वास्थ्य सिकाई प्रदान गर्ने, विद्यार्थीको पोषणको लेखाजेखा गर्ने, व्यक्तिगत सरसफाईसँगै विद्यालय तथा वातावरण सरसफाईबारे परामर्श दिनेछन्।
गाउँपालिकाले जारी गरेको सूचना–