Radio Unity 92.2MHz

पैसा नहुँदा डडेल्धुराका क्यान्सरपीडित कामीको उपचारमा समस्या, सहयोगको अपिल

डडेल्धुरा: आर्थिक अभावका कारण डडेल्धुराका एक क्यान्सरपीडितको उपचारमा समस्या भएको छ। आर्थिक अभावले परशुराम नगरपालिका–९ कुयापानीका ६१ वर्षीया देव कामीको उपचारमा समस्या भएको हो।

आन्द्राको क्यान्सरबाट पीडित कामीलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले यहीँ भदौ ६ गते आन्द्राको क्यान्सर भएको पुष्टि गरेको थियो। अस्पतालले बिरामी कामी क्यान्सरको पहिलो चरणमा भएकाले भदौ २९ गतेभित्र अपरेशन गर्न सके बिरामीमा सुधार आउन सक्ने बताएको छ।

उनको उपचार गराइरहेकी छोरी कालुकुमारी कामीका अनुसार बुवा बिरामी भएपछि उनलाई धनगढीका विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि बिपी कोइराला क्यान्सर अस्पतालमा लगिएको हो। त्यहाँ अस्पतालको रिपोर्टमा बुवालाई क्यान्सर देखिएको र डाक्टरले यतै बसेर थप उपचार गर्न सुझाएको भएपनि आफूहरूसँग पैसा नभएको कारण क्यान्सरपीडित बुवालाई घर ल्याउनु परेको छोरी कालुले दुखेसो पोखिन्।

‘बुवाको अपरेशका लागि डाक्टरले ३ देखि ४ लाखसम्म खर्च लाग्ने भनेका छन्,’ उनले भनिन्। क्यान्सरपीडित बुवालाई बचाइदिन उनले सबैलाई आर्थिक सहयोगको अपिलसमेत गरेकी छिन्।

यसरी गर्न सकिनेछ सहयोग

A/c Name : Kalu Kumari Kami

A/c number : 01907010262897

Global IME Bank

Contact number : 9804693586

QR

 

सम्बन्धित पाेष्टहरु
Loading...