Radio Unity 92.2MHz

बन्दनाको उपचारका लागि अनेरास्वयुद्वारा साढे ११ हजार संकलन

डडेल्धुरा: नेकपा (एमाले) निकट अनेरास्वयु जिल्ला कमिटी डडेल्धुराले साइकल दुर्घटनामा परी घाइते भएकी अमरगढी नगरपालिका–५ खलंगाकी १७ वर्षीया बन्दना लिम्बूका लागि सहयोग संकलन अभियान चलाएको छ।

अनेरास्वयुले धनगढीमा उपचाररत लिम्बूका लागि शनिवार ११ हजार ५ सय ४५ रुपैयाँ संकलन गरेको जिल्ला इन्चार्ज पुस्करबहादुर देउवाले जानकारी दिए। उनका अनुसार अनेरास्वयुले आइतबार सहयोग संकलन अभियानलाई निरन्तरता दिनेछ।

 

गत साउन ३१ गते अमरगढी नगरपालिका– ५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेका लिम्बूको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। बन्दना महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छात्रा हुन्।

दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ। उनको उपचारका लागि सबैलाई सहयोग गरिदिन परिवारका सदस्यले पनि आग्रह गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत् रकम पठाउन सक्नेछन्।

KumariBank Ltd.

Ac no. 0280317582300001

Dhanmaya Limbu

Mobile no. 9848728582

QR Code-

सम्बन्धित पाेष्टहरु
Loading...