Radio Unity 92.2MHz

अनेरास्ववियू (क्रान्तिकारी) डडेल्धुराको अध्यक्षमा विक

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी डडेल्धुराको अध्यक्षमा कल्याण विक चयन भएका छन्। आइतबार जिल्लाको आलिताल गाउँपालिकामा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट विक अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

अनेरास्ववियू क्रान्तिकारीको जिल्ला समिति उपाध्यक्षमा सीता विष्ट र तारा धामी, सचिवमा उत्तम ऐर, सह–सचिवमा हेमन्त ठगुन्ना र कोषाध्यक्षमा उषा पाण्डे चयन भएको अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिव लाल पाण्डेय बताए।  सम्मेलनले विकको अध्यक्षतामा २७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ।

अनेरास्ववियू क्रान्तिकारी डडेल्धुराका अध्यक्षा चन्द्र ऐरको अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मानसिंह माल (क्रान्ति), विशिष्ट अतिथिमा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष डा. अचुत भट्ट, भीम भट्ट, प्रदेश इर्चाज एवं केन्द्रीय सचिव लाल पाण्डेय, पार्टीका जिल्ला सचिव लालबहादुर धामीलगायतका नेताहरूको सहभागीता थियो।

सम्बन्धित पाेष्टहरु
Loading...